भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ  « Khabarhub

भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ 


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत  – पटक-पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका –१३ कुदुमा लिफ्टमार्फत् सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। २ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याइएको हो।

भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षायाममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य बस्तुको उत्पादनमा वृद्धिहुने अपेक्षा लिइएको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत् तानेर गाउँमा पानी पुर्‍याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए।

२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ।  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको कार्यालय प्रमुख शाहीको बताए। ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ।

वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए।  ११० हेक्टर जमिनमा भेरीको पानीबाट पर्याप्त सिँचाइ पुर्‍याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ।

यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो। खानेपानी लागि समेत कुदुमा काम जारी रहेको छ।  जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ।  छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन्।  सहरीकरणको अभ्याससमेत तीव्र रुपमा विकास हुन थालेको छ ।

छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ।  जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुईवटा सडकसँग जोडिएको छ। पानीको दु:ख हुन्छ भन्दै छोरी र बुहारीसमेत लिन र ल्याउन धौ-धौ पर्ने यहाँका स्थानीयबासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए। कुदुमा पिउने पानीको लागिसमेत करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ४० बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि