धानबालीमा रोगको समस्या, किसान चिन्तित « Khabarhub

धानबालीमा रोगको समस्या, किसान चिन्तित


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो ।  कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताए । ‘सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ’, उनले भने, ‘यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।’ उनले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताए ।

‘धान लगाउने बेला युरियासँग जिङ्क मिसावट गरेर हाल्नुपर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि हो’, उनले भने, ‘कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।’ उनका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ ।

‘औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ’, उनले भने, ‘धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीका तुला दत्त जोशीको छ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उहाँले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताए । 

‘अन्य जातको धानबालीमा समस्या छैन यसमा मात्रै रोग देखिएको छ’, उनले भने, ‘धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।’ उनले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताए। ‘सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ’, उनले भने, ‘विगतका वर्षमा यस्तो हुन्थेन यो वर्षमात्रै भयो ।’

वार्षिक रु ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उनी चिन्तित बनेका छन् । ‘यो रोगले गर्दा यो वर्ष लगानी पनि नउठ्ने भयो’, उनले भने, ‘रोपाइँ गर्दा मात्रै ४० हजार जति खर्च भएको थियो ।’ उनले पटकपटक गरेर घानबालीमा मलखाद छरे पनि धानबाली नआएको बताए । ‘रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन’, उनले भने, ‘कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिङ्क मिसाएर युरिया हाले त्यसले पनि काम गरेन ।’  कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : १० बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्