सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर « Khabarhub

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भ्रष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैँले पत्र लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरी भुक्तानी लिएको देखिएको छ ।

व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले भण्डारीलाई बिगो २० लाख ७८ हजार ६ सय कायम गरी भ्रष्टाचार निवारण ऐनले निर्देश गरे बमोजिम जरिवाना र कैद सजाय गरी अदालतमा आरोप पत्र दायर गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ४१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने