बाघमारा फापर र आलुको पकेट क्षेत्र बन्दै « Khabarhub

बाघमारा फापर र आलुको पकेट क्षेत्र बन्दै


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको तादी गाँउपालिका-४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँचसय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई हजार मिटर) जिल्लाको धेरै स्थानको अवलोकन गर्न सकिन्छ । बाघमारालाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा संरक्षण, प्रवर्द्धन, प्रचारप्रसारसहित अर्थोपार्जनका लागि फापर र आलु लगाएर ‘कृषि-पर्यटन’को विकास गर्ने योजनामा लागिएको छ । वर्षौंदेखि बाँझो रहेका किसानका जग्गामा अहिले हेभी इक्युमेन्ट (स्काभेटरडोज) लगाएर खन्ने र गरा सम्याउने काम भइरहेको छ ।

‘सूर्योदय, सूर्यास्त, गर्मीमा शीतलता र जाडोमा घाम ताप्न बाघमारा पुग्ने पर्यटकलाई अवलोकन गराउने र उनीहरूलाई फापरको डिढो र आलुको तरकारी परिकार पस्कन पकेट क्षेत्र बनाउन सुरु गरिएको हो’, अध्यक्ष तामाङले भने ‘अहिले स्थानीय तीनसय घरधुरी किसानको दुई हजार पाँचसय रोपनी जग्गामा फापर छर्न बाँझो जग्गा खनजोत गरेर तयारीका क्रममा छ ।’

वर्षौंदेखि बाँझो रहेको जग्गामा गाउँपालिकाको सहयोगमा सुरु भएको पकेट क्षेत्रको निर्माणले कृषि उत्पादन र पर्यटन वृद्धि हुने आशामा स्थानीय किसान उत्साहित छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले किसानको जग्गा सम्याउने, मनाङ र मुस्ताङमा फलेको फापरको बीउ ल्याउने, सिँचाइ सुविधा उपलब्ध गराउनेलगायतमा गाउँपालिकाको अनुदानका रहेको जानकारी दिए। ‘अहिले काम सुरु गरिहालौँ भनेर अघि बढेका हौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘यससम्बन्धी कार्यविधि निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने लगायतका काम क्रमशः अघि बढाउँदै लगिनेछ ।’

दशैँअघि नै किसान फापर रोप्ने र आलु लगाउने योजनामा किसानको योजना छ । पर्याप्त सिँचाइ अभावले बाँझो रहेको भञ्ज्याङमा कृषिमार्फत आर्थिक लाभ र पर्यटकीय आकर्षण बढाउने योजना रहेको स्थानीय किसान सञ्जय तामाङले बताए । फापर र आलुको साथमा गराका डिलमा हावापानी सुहाउँदो तरकारी र फलफूल लगाउनेसमेत योजना किसानको छ ।

पर्यटन सँगसँगै धार्मिक क्षेत्रको संरक्षण

धार्मिक एवं पर्यटकीय महत्वका रुपमा रहेको बाघमारा भञ्ज्याङ (भ्याली) मा अहिले ‘पिकनिक’ र ‘नाइटस्टे’ (घरबास) का लागि पुग्ने पर्यटकलाई अब तीर्थयात्रासँग जोड्ने लक्ष्य छ । काठमाडौँको सुन्दरीजलबाट नुवाकोटको दुप्चेश्वर, यही बाघमाराको मध्यभाग भएर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड हुँदै रसुवाको गोसाइँकुण्ड पुग्न सकिन्छ । विसं २०६८ मा निर्माण सम्पन्न भएको सुन्दरीजल-गोसाइँकुण्ड पदमार्ग हाल जीर्ण छ ।

उक्त पदमार्गलाई अब बाघमाराबाट सुरु गरेर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड, गोसाइँकुण्डसम्मको पदयात्रा गराइने गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए। उनका अनुसार बाइसे-चौबिसे ‘राज्यकालमा बनेका घलेराजाको दरबारको भग्नावशेष अहिले पनि देखिन्छ । स्युस्युराजा-स्युस्युरानीको बसोबास पनि यही थियो ।’

अध्यक्ष तामाङले भने, ‘हिजोका दिनका सम्पदा र संस्कृतिको उत्खनन र अन्वेषण गरेर मौलिकपन जोगाएर त्यसकोसमेत जगेर्ने पुनःनिर्माण गर्ने योजना लिएका छौ ।’ गाउँपालिकाले बाघमारा क्षेत्रमा रहेका सरकारी जग्गामा व्यवस्थित वनभोज क्षेत्र, उद्यान, गुम्बा, पोखरीलगायत धार्मिक र पर्यटकीय संरचना निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानीयवासीले घरबास (होमस्टे), शेर्पा र तामाङ समुदायको संस्कृति र संस्कार, वेषभूषा र भाषालाई प्रवर्द्धन गर्न साथ दिने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : १६ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्