नेपालगञ्ज भन्सारमा राजस्व असुलीमा कमी « Khabarhub

नेपालगञ्ज भन्सारमा राजस्व असुलीमा कमी


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ ।

भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनसम्ममा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । नेपालगञ्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, वैशाखमा ७६.७६ प्रतिशत, चैतमा ७९.१६, फागुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो । 

गत आर्थिक वर्षमा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व असुलीमा निरन्तर असफलता रहे पनि चालु आर्थिक वर्ष २०७९-८० का लागि अघिल्लो आव २०७८-७९ माभन्दा चार अर्ब बढी लक्ष्य भन्सारले पाएको छ । चालु आव २०७९-८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निर्धारण गरेको हो । अघिल्लो आव २०७८-७९ मा नेपालगञ्ज भन्सारले रु २५ करोड २१ लाख ६ लाख ६२ हजार लक्ष्य पाएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने