प्रविधिमैत्री बन्दै तनहुँको भानु नगरपालिका « Khabarhub

प्रविधिमैत्री बन्दै तनहुँको भानु नगरपालिका


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो । नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्‍याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने परियोजना कार्यान्वयनमा जुटेको उनले बताए । 

नागरिक र स्थानीय सरकारको सम्बन्धलाई प्रगाढ बनाउँदै विद्युतीय प्रणालीको प्रयोगले ‘डिजिटलाइजेसन’ गरी कार्यालयको सेवा प्रवाहलाई ‘पेपरलेस’ बनाउन लागिएको उनले बताए । ‘विशेष गरी गर्भवतीलाई सहजरूपमा सेवा उपलब्ध गराउन मेडिकल मोबाइलको प्रयोगलाई प्राथमिकता दिएका छौँ । मेडिकल मोबाइलको प्रयोगबाट गर्भवती महिलाको नियमित परीक्षणको लागि सूचना प्रदान गर्ने तथा बिरामीलाई नगरको अनलाइन पोर्टलमार्फत सामुदायिक स्वास्थ्य स्वयं सेविका, गर्भवती, बिरामी स्वास्थ्यकर्मीसँग लिंक गराई सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । संवेदनशील स्थान, पर्यटकीय क्षेत्र, प्रत्येक वडामा सीसीक्यामरा जडान गरिनेछ’, नगर प्रमुख त्रिपाठीले भने । 

सामुदायिक विद्यालयका लागि विद्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइने, प्रत्येक वडामा प्रविधिमैत्री नागरिक सहायता केन्द्र स्थापना गरिनेछ । प्रत्येक किसानलाई नगरको छुट्टै कृषि एपसँग आबद्ध गराई आर्थिक विकासको लक्ष्य हासिल गरिनेछ । कृषि सूचना, व्यवसायिक योजना निर्माण, अनुदान व्यवस्थापन, सेवा प्रदायक व्यवस्थापन, बिमा, किसान व्यवस्थापन, माटो स्वास्थ्यता तथा मल सिफारिस प्रणाली एवं कृषि प्रोफाइल निर्माणका लागि कृषि विकास तथा उत्पादन नियन्त्रण प्रणाली प्रत्येक किसानमा एपको प्रयोगमार्फत सेवा पुर्‍याइने उनले बताए। 

समष्टिगतरुपमा नगरपालिकालाई पारदर्शी, जवाफदेही, स्थानीय सरकारको सुनिश्चितताको लागि प्रविधिमैत्री बनाउँदै घरमै बसेर मोबाइलबाट सेवा प्राप्त गर्न यो प्रणाली कार्यान्वयन गरी सुशासनको प्रत्याभूति गर्ने अवधारणा ल्याइएको नगर प्रमुख त्रिपाठीले बताए । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ३५ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको