तस्वीर- चाइना डेली

अन्तर्राष्ट्रिय

ब्राजिलमा कन्टेनर डिपो भत्किँदा ९ जनाको मृत्यु

By खबरहब

September 21, 2022

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा एक कन्टेनर डिपो भत्किँदा नौ जनाको मृत्यु भएको छ । राज्यको इटापेसेरियाका डे सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको कन्टेनर डिपोको एउटा भाग भत्किँदा नौ जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको ब्राजिलका सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले जानकारी दिइन् ।

यही अक्टोबर २ मा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए ।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।