जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्री कार्यालयनजिकै आत्मदाहको प्रयास


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानी प्रधानमन्त्रीको कार्यालयनजिकै एकजनाले आत्मदाहको प्रयास गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

ती व्यक्तिले आत्मदाह गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आत्मदाहको प्रयास गर्ने व्यक्ति ७० वर्षको रहेको जनाइएको छ ।

ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेको सो टेलिभिजन स्टेसनले जनाएको छ । थिए ।

घटनास्थल नजिकैबाट प्रहरीले ‘म कडा विरोध गर्दछु’ लेखेको पत्र फेला पारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । बुधबार आबेको ६८ औँ जन्मदिन हो ।

जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा गोली हानेर हत्या गरिएको थियो । उनको राजकीय अन्तेष्टि सेप्टेम्बर २७ मा हुँदै छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर