पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै « Khabarhub

पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार विस्तार भइरहेको पाइएको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा मात्रै हालसम्म डेङ्गु ज्वरोका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराँचीका रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ डेङ्गुका बिरामी फेला पारिएको विभागले जानकारी दिएको छ ।

सेप्टेम्बर महिनामा बिरामी भएकाहरुको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ जना यस रोगबाट बिरामी भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा कुल बिरामीको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना बिरामी भएका छन् । रावलपिण्डी सहरमा ५४ जनामा यस रोग देखिएको छ । यसवर्ष रावलपिण्डीमा कुल बिरामीको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २३ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी