संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : नेता खनाल « Khabarhub

संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : नेता खनाल


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् ।

बुधबार काठमाडौँमा नेपाल तमु संघ (समाजवादी) को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भए पनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए।

उनले आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्‍यो भन्ने बोल्न बाध्य भएको बताए । यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे।

खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद् भङ्ग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २६ बजे

केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू वनस्थलीमा (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल