पाकिस्तानमा बाढी : थप १० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी : थप १० जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा बाढीको प्रकोप अझै साम्य हुन सकेको छैन । पछिल्लो २४ घण्टाको समयावधीमा पाकिस्तानको विभिन्न भागमा परेको मुसलधारे वर्षा र वर्षापछिको बाढीमा परी कम्तीमा १० को मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ ।

बाढीजन्य छुट्टाछुट्टै घटनाहरूमा ज्यान गुमाउनेहरूमध्ये चार बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ । देशको सबैभन्दा बढी प्रभावित क्षेत्र दक्षिणी सिन्ध प्रान्तमा नौ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक जनाको मृत्यु भएका जनाइएको छ ।

एनडीएमएले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीजन्य घटनामा हालसम्म एक हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ६० जना घाइते भएका छन् ।

यस प्रकोपले ५० हजार नौ सय ४० घरहरु क्षतिग्रस्त पारेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : २५ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी