अमेरिकाको शिकागोस्थित आवासीय भवनमा विस्फोट हुँदा ८ जना घाइते « Khabarhub

अमेरिकाको शिकागोस्थित आवासीय भवनमा विस्फोट हुँदा ८ जना घाइते


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको इलेनाई राज्यको शिकागो सहरमा रहेको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका छन् ।

शिकागोको साउथ अष्टिन क्षेत्रमा अवस्थित ४ तल्ले आवासीय भवनमा विस्फोट भएको अमेरिकी टेलिभिजन सीबीएसको अनलाइन संस्करणले जनाएको छ ।

साउथ अष्टिनको वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको फक्स न्युजले जनाएको छ । विस्फोटमा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

विस्फोट भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता शिकागो सहरकी मेयर लोरी लाइटफुटले यस घटनामा खटिएका खोजी तथा उद्धारकर्मी, अग्नि नियन्त्रक एवम् सुरक्षाकर्मीलाई धन्यवाद दिएकी छिन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ४२ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका