टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश « Khabarhub

टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ । 

बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिव्रता दिइरहँदा त्यसको विरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो । 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : १४ बजे

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका