बाढीपछि पाकिस्तानमा पानीजन्य रोग र कुपोषणको खतरा : राष्ट्रसङ्घ « Khabarhub

बाढीपछि पाकिस्तानमा पानीजन्य रोग र कुपोषणको खतरा : राष्ट्रसङ्घ


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् ।

पाकिस्तानमा मनसुनी वर्षाका कारण बेलायतको एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६०० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । धेरै लामखुट्टेको टोकाइबाट बच्न अस्थायी टेन्टमा बसिरहेका छन् । प्रायः स्थानमा सफा पिउने पानी वा धुने सुविधाको अभाव छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गु, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताए ।

राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मेरो व्यक्तिगत चिन्ता के हो भने पानीबाट हुने रोगबाट हुने मृत्यु दर कुपोषणबाट हामीले अहिलेसम्म देखेको भन्दा बढी हुनेछ ।’

“यो एक शान्त तर यथार्थवादी बुझाइ हो ।’’ उनले भने ।

बाढीका कारण पाकिस्तानमा करिब तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण करिब २० लाख घर तथा व्यापारिक परिसर ध्वस्त भएका छन् । सात हजार किलोमिटर सडक बगाएको छ भने ५०० पुल भत्किएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ३० बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी