सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गरिन्छ : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गरिन्छ : मुख्यमन्त्री राई


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफिक लाइट पार्किङ ट्राफिक व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइरहेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले रु ३६ लाख मूल्य बराबरका छ थान स्कटिङ मोटरसाइकलको चाबी प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई दिए । उनले वर्तमान सरकारले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि प्राप्त सुझाव सम्पत्तिका रुपमा संरक्षण गरी आगामी दिनमा बन्ने नयाँ सरकारलाई मार्गदर्शनका रुपमा हुने विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दसैँ अगाडि प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा’ अध्यादेश ल्याउन लागेको जानकारी दिँदै प्रदेशका राजमार्गमा दुर्घटना र अपराध नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउने बताए।

कार्यक्रममा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले प्राप्त सहयोगले प्रदेशको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास धारणा राखे । सो अवसरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रदेश ट्राफिक व्यवस्थापन अवस्था र भावी योजना सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४७ बजे

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ