सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गरिन्छ : मुख्यमन्त्री राई « Khabarhub

सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गरिन्छ : मुख्यमन्त्री राई


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफिक लाइट पार्किङ ट्राफिक व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइरहेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले रु ३६ लाख मूल्य बराबरका छ थान स्कटिङ मोटरसाइकलको चाबी प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई दिए । उनले वर्तमान सरकारले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि प्राप्त सुझाव सम्पत्तिका रुपमा संरक्षण गरी आगामी दिनमा बन्ने नयाँ सरकारलाई मार्गदर्शनका रुपमा हुने विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दसैँ अगाडि प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा’ अध्यादेश ल्याउन लागेको जानकारी दिँदै प्रदेशका राजमार्गमा दुर्घटना र अपराध नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउने बताए।

कार्यक्रममा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले प्राप्त सहयोगले प्रदेशको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास धारणा राखे । सो अवसरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रदेश ट्राफिक व्यवस्थापन अवस्था र भावी योजना सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ४७ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र