तराई- मधेसमा अनपेक्षित मूल्यवृद्धि | Khabarhub Khabarhub

तराई- मधेसमा अनपेक्षित मूल्यवृद्धि


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराई- मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९.३३ प्रतिशत बराबर रहेको छ । केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा ७.६२ प्रतिशत पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौँ उपत्यकामा ३.२३ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमाली क्षेत्रमा ३.५१ प्रतिशत बराबरको मुद्रास्फीति थियो । यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ .२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७ .६९ प्रतिशत रहेको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : १४ बजे

अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै

काठमाडौं- नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा

जेन–जी आन्दोलनले छोडेका यक्ष प्रश्न

जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध

१५ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ

अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ

एजेन्सी– अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित

राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रलाई विजेताका रूपमा चित्रण गर्न खोजियो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने