नाइजेरियामा सुरक्षा कारवाहीमा परी ३१ बोको हराम लडाकुको मृत्यु « Khabarhub

नाइजेरियामा सुरक्षा कारवाहीमा परी ३१ बोको हराम लडाकुको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।

ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकुहरुमाथि कारवाही गरेका हुन् । सो कारवाहीका क्रममा अरु ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार मुलुकको उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा त्यहाँका सम्पूर्ण सुरक्षा निकायले कारवाही प्रक्रियालाई अघि बढाएको बताइएको हो ।

यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नामक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ४५ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह