स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता « Khabarhub

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको अवस्थामा पाइएको छ।

स्याङ्जाको रामकोश फूलबारी मावि मतदानस्थलमा भिजेको अवस्थामा मतपत्र पाइएका हुन् ।

मतपत्र नै पानीले भिजेको अवस्थामा पाइएपछि मतदाताहरूमा भोट बदर हुने चिन्ता देखिएको छ।

सदरमुकाम वालिङनजिकैको उक्त मतदानस्थलमा मतपत्र भिजेको अवस्थामा भेटिएपछि मतदाताले प्रश्न गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले पनि उक्त मतदानस्थलबाटै मत हाल्छन् । थापाले चिसा मतपत्रमा मतदान भइरहहेको बताएका छन्

‘मतदान अधिकृतका केही समस्या छन्’, उनले स्थानीय अनलाइन प्रतिपत्रसँग भने, ‘हामीले दिऐको सुझाव पनि मान्नुभएको छैन् । आयोगको आदेश नै नटेर्ने अधिकृतलाई सम्झाएर निस्किएँ ।’

मतपत्र कसरी र किन भिजे भन्ने कारण खुलाइएको छैन । तर मतदान अधिकृतले गुनासो सुन्नेभन्दा बेवास्ता गरेको आरोप लागेको छ । मतदानस्थलमा पुगेका निर्वाचन कार्यालय प्रमुखले चासो देखाए पनि सुनुवाइ नभएको मतदाताले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ५६ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने