सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’ « Khabarhub

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो ।

फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए ।

‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनीत यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ४६ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी