इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा « Khabarhub

इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद उत्कर्षमा रहेको छ ।

यसलाई पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार समेत रहेका पूर्व प्रधानमन्त्री खान र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको जनाइएको छ ।

सत्तामा रहँदा उनले अनावश्क रुपमा उपहार लिएको त्यहाँको निर्वाचन आयोगले फैसला गरेपछि उनलाई उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनका वकिल गोहर खानले जानकारी दिएका हुन ।

‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ’ गोहरले भने, ‘हामी यसलाइ अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना