सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिँड्ने मध्यप्रदेशका उर्जामन्त्रीको घोषणा « Khabarhub

सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिँड्ने मध्यप्रदेशका उर्जामन्त्रीको घोषणा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रद्युम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त बाचा गरेका हुन् । उनले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् ।

निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि मन्त्री तोमरले उनीहरूको दुःखले आफूलाई पीडाबोध भएको बताएका थिए ।

उनले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसकेको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका थिए । तर, सडक निर्माण धेरै टाढाको कुरा त्यहाँ खाल्डाखुल्डी समेत पुरिएका छैनन् ।

यो भ्रमणका क्रममा तोमरले जनतासँग हात जोडेर माफी माग्दै सुधारको सङ्कल्पसमेत गरेका छन् ।

उनले भने,“जबसम्म ग्वालियर विधानसभा निर्वाचन क्षेत्रको सडकको अवस्था सुधार हुँदैन, तबसम्म म चप्पल र जुत्ता लगाउने छैन । म खाली खुट्टा बस्नेछु ।”

उनले थपे, “खाली खुट्टा हिँड्दा गिट्टी र खराब सडकको पीडा महसुस हुन्छ भन्ने मेरो विश्वास छ । जनताको पीडाको मैले आफैले पनि अनुभव गर्नेछु ।”

सडक निगमका अधिकारीहरूलाई निर्देशन दिँदै उनीहरूलाई चाँडै सडकहरू ठीक गर्न भनिएको छ । लापरवाही गर्ने अधिकारी र कर्मचारीलाई कारवाही गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १८ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन