यी ठाउँमा हुँदैछ काठमाडौंका १० वटै क्षेत्रको मतगणना « Khabarhub

यी ठाउँमा हुँदैछ काठमाडौंका १० वटै क्षेत्रको मतगणना

गणनाको अन्तिम तयारी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिए। काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौं क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।

यद्यपि, काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ३३ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित