गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै « Khabarhub

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ। जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ।

उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ।

सोमबार बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ। क्षेत्र नम्बर १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ।

क्षेत्र नं १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ। क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ। क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ। क्षेत्र नं २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४९ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ