ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता « Khabarhub

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन्। सिलवालले ६६७ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीका सुधिन शाक्यले २४९७ मत पाएर दोस्रो स्थानमा छन्। चौथो स्थानमा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १४७७ मत प्राप्त गरेका छन् ।

लतिलपुर–३  मा पनि नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ४९७ मत ल्याएर अग्रता कायमै राखेका छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले २८६ मत प्राप्त गर्दा माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ