बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु पुष्टि | Khabarhub Khabarhub

बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु पुष्टि


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्।

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन्।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे। जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ४४ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो