काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु « Khabarhub

काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु भएको छ ।

६ को मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ४ मा पनि मत गन्न थालिएको छ । यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।

काठमाडौँ ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २८ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण