आज तरकारी र फलफूलको मूल्य कति? | Khabarhub Khabarhub

आज तरकारी र फलफूलको मूल्य कति?


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले बढेको छ। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाँले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा, लोकल काँक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेको प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ। भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

यस्तै,  स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँमा किनबेच भइरहेको, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौँला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भइरहेको छ।

डल्ले च्याउको भाउ घटेको छ। डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ कायम रहेको, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनियाँ ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ। अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ