सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना « Khabarhub

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । सोमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगो लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिराहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतपरिणामअनुसार कम्तीमा ६२ र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ। जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि दलीय प्रतिनिधिको विवादका कारण मत गणना सुरु हुन सकेको छैनन् । निर्वाचन सम्पन्नपश्चात् सबै मतपेटिका मतगणणास्थलसम्म पुर्‍याएर सोमबार बिहान १० बजे सर्वदलीय बैठक बसेर मात्र मत गन्ने भनिए पनि हालसम्म अन्योल नै छ ।

सिराहाको सबै क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेको र छलफलपश्चात् केहीबेरमै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । सिराहा १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नम्बर २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नम्बर ३ को चन्द्र माध्यमिक विद्यालय सिराहा र क्षेत्र नम्बर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुनेछ। 

जिल्लामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुई अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१२  मतदाता छन्।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ५३ बजे

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा