सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना | Khabarhub Khabarhub

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । सोमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगो लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिराहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतपरिणामअनुसार कम्तीमा ६२ र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ। जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि दलीय प्रतिनिधिको विवादका कारण मत गणना सुरु हुन सकेको छैनन् । निर्वाचन सम्पन्नपश्चात् सबै मतपेटिका मतगणणास्थलसम्म पुर्‍याएर सोमबार बिहान १० बजे सर्वदलीय बैठक बसेर मात्र मत गन्ने भनिए पनि हालसम्म अन्योल नै छ ।

सिराहाको सबै क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेको र छलफलपश्चात् केहीबेरमै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । सिराहा १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नम्बर २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नम्बर ३ को चन्द्र माध्यमिक विद्यालय सिराहा र क्षेत्र नम्बर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुनेछ। 

जिल्लामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुई अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१२  मतदाता छन्।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ५३ बजे

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब दश सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले