चितवन क्षेत्र नं १ को मतगणना सुरु, २ मा १ बजे, ३ मा २ बजे थालिने « Khabarhub

चितवन क्षेत्र नं १ को मतगणना सुरु, २ मा १ बजे, ३ मा २ बजे थालिने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो। पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो। यस क्षेत्रमा ६८दमलव७३ प्रतिशत मत खसेको छ। उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ। यस क्षेत्रमा ६७दमलव तीन प्रतिशत मत खसेको छ। त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन्।

क्षेत्र नं ३ मा २ : १५ बजेदेखि मतगणना सुरु हुने भएको छ। उक्त क्षेत्रमा ६५दशमलव ४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन्। उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन्। एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्