गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग « Khabarhub

गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जाका  विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानको माग गरेका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकोले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ ।

 पुनः निर्वाचन गर्नुपर्ने मागसहित सोमबार एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ उम्मेदवार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।

यस्तै, स्याङ्जाको क्षेत्र नम्बर २ मा पनि एमालेले पुनः मतदान गर्नुपर्ने माग गरेको छ । एमाले सचिव एवं स्याङ्जा २ की उम्मेदवार पद्मा अर्यालले निर्वाचनमा सत्तागठबन्धनले धाँधली गरेको भन्दै पुनः निर्वाचनको माग गरेकी हुन् । अर्यालले सोमबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले बूथ कब्जा गरेको बताइन । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०० बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि