गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग « Khabarhub

गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जाका  विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानको माग गरेका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकोले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ ।

 पुनः निर्वाचन गर्नुपर्ने मागसहित सोमबार एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ उम्मेदवार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।

यस्तै, स्याङ्जाको क्षेत्र नम्बर २ मा पनि एमालेले पुनः मतदान गर्नुपर्ने माग गरेको छ । एमाले सचिव एवं स्याङ्जा २ की उम्मेदवार पद्मा अर्यालले निर्वाचनमा सत्तागठबन्धनले धाँधली गरेको भन्दै पुनः निर्वाचनको माग गरेकी हुन् । अर्यालले सोमबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले बूथ कब्जा गरेको बताइन । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा