पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु « Khabarhub

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका-१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।  

पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा ‘१’ का लागि वीरगञ्ज महनागरपालिकाको-१६ को नगवा र  ‘२’ का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।

त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको ‘१’ का लागि पर्सागढी नगरपालिका-१ र २ को मतगणना भइरहेको छ भने ‘२’ का लागि बहुदरमाई नगरपालिका-२ को मत गन्ती भइरहेको छ । ठाकुरराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

उनले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना केन्द्रमा हालसम्म गन्तीको काम सुरु हुन नसकेको बताए । दलका प्रतिनिधिको परिचयपत्र बनाउन समय लागेकाले हालसम्म गणना सुरु हुन नसेकेको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : १४ बजे

फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ- मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौं– मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा