तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो « Khabarhub

तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो ।

भौगोलिकरूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका आज दिउँसो हेलिकप्टरमार्फत ल्याइएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए ।

तीन दिनसम्म पैदल हिँडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । थुदाम मतदान केन्द्रको २० मत, किमाथाङ्काको एक सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ६४ मतदान केन्द्रमध्ये एक सय पाँच केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ । सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना आजैदेखि गरिनेछ । सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : १७ बजे

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच