बारा ४ प्रतिनिधिसभामा गठबन्धनका श्रेष्ठको अग्रता « Khabarhub

बारा ४ प्रतिनिधिसभामा गठबन्धनका श्रेष्ठको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् ।

उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले चार सय ९८ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य ४ ९१० तर्फ नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले अग्रता लिएका छन् । प्रसौनी ७ को मतगणना सम्पन्न हुँदा चौधरीले ६ सय तीन मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले चार सय आठ मत पाएका छन् ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले दुई सय २८, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्गामगरले एक सय ३९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : २५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ