महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा « Khabarhub

महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ।

महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ।

तालिवानको यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ। एक वर्ष अघि तालिवानले सत्ता कब्जा गरेपछि महिलामाथि विभिन्न खालका निषेध हुँदै आएको छ। तालिवानले यसअघि महिलालाई पढाउन महिला वा वृद्धलाई अनुमति दिएको थियो। यो घोषणाले भने त्यहाँका महिलाको शिक्षा लिने बाटो नै बन्द भएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ६ : २३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२