महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा « Khabarhub

महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ।

महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ।

तालिवानको यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ। एक वर्ष अघि तालिवानले सत्ता कब्जा गरेपछि महिलामाथि विभिन्न खालका निषेध हुँदै आएको छ। तालिवानले यसअघि महिलालाई पढाउन महिला वा वृद्धलाई अनुमति दिएको थियो। यो घोषणाले भने त्यहाँका महिलाको शिक्षा लिने बाटो नै बन्द भएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ६ : २३ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु