खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय « Khabarhub

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो।

अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए। बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ।

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा तथा कपडा पसल र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको छ। सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षति भएको छ।

शुभराज राईको घर, सोही घरमा भाडामा बसिरहेका समिर राई (गाउँपालिका अध्यक्ष)को पुस्तक, कपडा तथा किराना पसल र नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटेल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षति भएको छ। दिपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको प्रहरीले जनाएको छ।

रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ। अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षति भएको डिएसपी मञ्जिल मुकारुङले बताए।

बाक्सिला बजारमा गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो। बजारका अन्य घरमा आगो फैलिन नदिन अकबरको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : २२ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ