लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने, सांसदलाई प्रदेश प्रमुखबाट शपथ « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने, सांसदलाई प्रदेश प्रमुखबाट शपथ


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिब सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ ।

राप्ती गाउँपालिका-३ लालमटियामा निर्माण भइरहेको प्रदेश सभा भवनको पूर्वाधार निर्माणको काम करिब सकिइसकेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग सकिएको छ,’ प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’

राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन्। नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा शपथग्रहण गर्ने तयारी भइरहेको छ।

केसीका अनुसार विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ। भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थियो । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन्। प्रदेशसभा भवनको लागत एक अर्ब २० करोड रहेको छ।

प्रदेश सभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने बाँकी छ। विद्युत जोडिएको छ। रंगरोगन भइसकेको छ। अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम बाँकी छ। त्यो सबै जिम्मा प्रदेश सभाले लिएको छ।

पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ। आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले शपथ गराउने छन् । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको शपथ हुनेछ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २३ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन