महोत्तरीमा स्यालले टोकेर छ जना घाइते | Khabarhub Khabarhub

महोत्तरीमा स्यालले टोकेर छ जना घाइते


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – स्यालले टोकेर महोत्तरीमा एकै गाउँका छ जना घाइते भएका छन् । मंगलबार स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन् । गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए ।

घाइते शिवशङ्कर, सिनेहा र रामतोलालाई गए राति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ । अन्य चार जनाको गए राति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको स्थानीय बैद्यनाथ चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’