वार्षिक एक लाख पर्यटक नेपाल पठाउने मलेसियाका पर्यटनमन्त्रीको घोषणा « Khabarhub

वार्षिक एक लाख पर्यटक नेपाल पठाउने मलेसियाका पर्यटनमन्त्रीको घोषणा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मलेसियाबाट अब नेपालमा वार्षिक एक लाख पर्यटक आउने भएका छन् । बुधबार मलेसियामा नेपाल पर्यटन बोर्ड र त्यहाँको केके सुपरमार्टसँग सम्झौतका क्रममा मलेसियाका पर्यटनमन्त्री वाइबी डाटो सेरिटिङ किङ सिङले अब मलेसियाबाट वार्षिक एक लाख पर्यटक नेपाल आउने घोषणा गरेका हुन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा.धनन्जय रेग्मीका अनुसार मलेसियाका पर्यटनमन्त्री किङ सिङले नै अहिले कम पर्यटक नेपाल गएकोमा अब वार्षिक कम्तीमा एक लाख मलेसियाका पर्यटकले नेपाल भ्रमण गर्ने घोषणा गरेका हुन् ।

यसका लागि मलेसियाका करिब चार सय भन्दा धेरै ठाउँमा नेपालका पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार हुनेछ । केके सुपरमार्टसँगको सम्झौताअनुसार अब त्यहाँका सयौँ मार्टमा नेपालको पर्यटकीय क्षेत्रबारे बनाइएको भिडियो र फोटो प्रदर्शन हुनेछ ।

यसले नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने पनि बोर्डका सीइओ डा.रेग्मीको भनाई छ ।

‘के के सुपरमार्टसँगको सम्झौताले अब नेपालको पर्यटकीय क्षेत्रबारे मलेसियाका सयौँ ठाउँमा प्रचार हुने भएको छ’ बोर्डका कार्यकारी अधिकृत रेग्मीले मलेसियाबाट टेलिफोनमा भने, ‘मलेसियाका पर्यटनमन्त्री आफैँ आएर अब नेपालमा वार्षिक एक लाख पर्यटक पठाउने घोषणा गर्नु भएको छ । यो नेपाली पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धी हो ।’

रेग्मीका अनुसार अहिले मलेसियाबाट वार्षिक कम्तीमा २२ हजार पर्यटक मात्रै नेपाल आइरहेका छन् । अब यो संख्या ह्वात्तै बढ्नेछ । नेपालका पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज लिएर मलेसिया पुगेको बोर्डका सीइओ डा.रेग्मी नेतृत्वको टोलीले मलेसियाका क्वालालाम्पुर लगायतका सहरमा ‘नेपाल सेल्स मिसन’ पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : २७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२