‘अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचार गर्छौ’ « Khabarhub

मलेसियाबाट पर्यटन बोर्डका सीइओ भन्छन्ः

‘अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचार गर्छौ’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्याकेज लिएर जाने बताएका छन् । मलेसियामा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न गरेपछि बोर्डका सीइओ डा.रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचारप्रसार गर्ने बताएका हुन् ।

खाडी देशमा ठूलो संख्यामा नेपाली रहेकाले उनीहरुमार्फत अब खाडी देशका पर्यटक नेपाल ल्याउने अभियान चलाइने उनले बताए । सीइओ डा.रेग्मीका अनुसार नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेपछि मात्रै विदेशी पर्यटकको संख्या नेपालमा बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

‘नेपालमा सबै खालको पर्यटकीय सम्भावना र स्रोत छ । त्यसको प्रचारप्रसार पहिलो आवश्यकता हो’ उनले मलेसियाबाटै भने, ‘छिमेकी देशका साथै नजिक भएकाले पनि अब खाडी देशमा पर्यटन प्रचार गर्नुपर्छ । त्यसका लागि बोर्डले पहल गर्छ । प्रचारप्रसार गरेपछि मात्रै नेपालमा पर्यटकको फ्लो बढ्छ ।’

मलेसियाका विभिन्न सहरमा नेपाली पर्यटकीय क्षेत्रबारे प्रचार गरेको बोर्डले अब त्यो अभियान खाडी देशमा लैजाने योजना बनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ४१ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता