युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ? | Khabarhub Khabarhub

युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् । 

फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल ब्याट्री प्रदान गर्ने बताएको छ, जसले देशको वायु रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने र धेरै बैठकहरू आयोजना गर्ने छन् । ‘युक्रेनको लचिलोपना र रक्षा क्षमतालाई बलियो बनाउन अमेरिका जाने बाटोमा छु’, उनले ट्वीटरमा लेखे ।

युक्रेनमाथि रुसी हमला सुरु भएपछि अमेरिकाले ठूलो स्तरमा कीभलाई सैन्य तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

जेलेन्स्कीले नियमित रूपमा राजधानी कीभमा विदेशी नेताहरूलाई स्वागत गर्नुका साथै र युक्रेन वरपरका सेनाहरूको भ्रमण गरेका छन् । उनले मंगलबार अग्रपङ्क्तिको सहर बखमुतको अघोषित भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ५२ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’