विद्यालयको गुणस्तर सुधार्न गाउँपालिका र विद्यालयबीच करार सम्झौता « Khabarhub

विद्यालयको गुणस्तर सुधार्न गाउँपालिका र विद्यालयबीच करार सम्झौता


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको जानकारी दिएका छन्। ‘हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन चाहन्छौँ, सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वासलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय पढाइ हुन्छ भनेर स-प्रमाण नतिजा देखाउन चाहन्छौँ’, उनले भने ।

विभिन्न सूचकका आधारमा ती विद्यालयले पठनपाठन गराउनु पर्नेछ र त्यही आधारमा प्रधानाध्यापक तथा अन्य शिक्षकको मूल्यांकन हुने अध्यक्ष विष्टको भनाइ छ । शिक्षक सेवा आयोगबाट नियुक्ति भएर आएकाबाहेक खाली भएका विद्यालयमा शिक्षक व्यवस्थापन भएको छ । त्यस्तै भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षकहरूको क्षमता विकासका लागि तालिम, विभिन्न जिल्लामा अब्बल रहेका विद्यालयको निरन्तर अवलोकन गराउँदै आएको छ ।

राप्ती गाउँपालिकाले यस आर्थिक वर्षदेखि कक्षा १० सम्म निःशुल्क भर्ना गर्ने अभियान नै सञ्चालन गरेको छ । यो चालू आर्थिक वर्षमा मात्र करिब एक हजार आठ सय विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन आएको पालिकामा तथ्यांक भएको शिक्षा अधिकृत विश्वास विश्वकर्माले जानकारी दिए। विपन्न वर्गका विद्यार्थीलाई संघीय सरकारबाट प्राप्त हुने सुविधाबाहेक पालिका तहबाट पनि एक वर्षभरि पुग्ने स्टेसनरीका सामग्री प्रदान गर्दै आएको अधिकृत विश्वकर्माले बताए ।

गाउँपालिकामा माध्यमिक तहका विद्यालय सात, आधारभूत तहका विद्यालय आठ र प्राथमिकतर्फ १६ सामुदायिक विद्यालय रहेका छन् । बालबालिकाको पठनपाठनमा कुनै कमी नहोस्, शिक्षकको अभाव नहोस् भनेर गाउँपालिकाका तर्फबाट सेवा सुविधा दिने गरी ६५ शिक्षक करारमा पदपूर्ति गरिएको थियो । त्यो सङ्ख्याले अपुग भएपछि पालिकाले पुनः ५० शिक्षकलाई करारमा नियुक्ति गरी पठनपाठन गराइरहेको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : ०३ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने