हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न « Khabarhub

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्‍याम्प नापेका थिए । 

नेपाली पोसाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको अधिकारीको दाबी छ । कोरोना महामारीपछि पहिलोपटक आफूले ठूलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाइ छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्‍याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निक्कै मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् । 

हेरिटेज अफ फेसनको दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्मातासमेत हुन्। सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सहनिर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन् । डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : २१ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा