पशुपतिशमशेरद्वारा सर्वदलीय बैठक आह्वान « Khabarhub

पशुपतिशमशेरद्वारा सर्वदलीय बैठक आह्वान


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक/एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ६ : १९ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७