गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ पुस १३ गते « Khabarhub

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ पुस १३ गते


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यमा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १९२० बाट निर्वाचित मित्रलाल बस्याल रहेका छन् । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने उनले बताए। 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ५१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन