गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने | Khabarhub Khabarhub

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ ।

‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं । हुन त हामीसँग उल्था गर्ने मान्छे हुनुहुन्नँ,’ संसद सचिव हरिराज पोखरेलले भने, ‘तर उहाँहरुले चाहानुभयो भने त्यसको व्यवस्था हामी मिलाउछौं ।’ सांसदहरुको सपथ १४ गतेका लागि तोकिएको छ ।

१४ गते बिहान ११ बजेका लागि सांसदलाई निम्तो पठाउन लागिएको पोखरेलले बताए । १ बजेदेखि सपथको कार्यक्रम सुरु हुने छ । त्यसअघि १३ गते नै जेष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग सपथ लिने छन् । गण्डकीमा पर्वतबाट निर्वाचित मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । प्रदेश प्रमुखबाट सपथ लिएपछि भोलिपल्ट अन्य सांसदलाई उनले नै सपथ गराउने छन् ।

उनी सभामुख निर्वाचित नहुँदासम्मका लागि सभाध्यक्ष समेत हुनेछन् । ६० सदस्यीय गण्डकीमा २७ सीट कांग्रेस, २२ सीट एमाले, ८ सीट माओवादी, २ सीट राप्रपा र १ सीट एकीकृत समाजवादीको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २० बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे