साइग्लोबल कप : न्यू होराइजनको विजयी सुरुवात | Khabarhub Khabarhub

साइग्लोबल कप : न्यू होराइजनको विजयी सुरुवात


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात गरेको छ । न्यू होराइजनले साइग्लोबल कलेज, भैरहवालाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २ सय २८ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अमर मिश्राले आकर्षक ब्याटिङ गर्दै १ सय ३ रनको योगदान दिए । म्यान अफ द म्याचसमेत रहेका मिश्राले ६० बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतले शतक पुरा गरेका थिए । त्यसैगरी आशिष लोहनीले २३ रन बनाउँदा राहुल भण्डारी, अंकित बिएम तथा प्रकाश गिरीले समान १८–१८, र निश्चल ज्ञवालीको १२ रनको योगदान दिए । बलिङगमा साइग्लोबलका फराद अहमद, बिबेक कोहाँर र अजय रसाइलीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा साइग्लोबलले ९ विकेटको क्षतिमा १ सय १३ रन मात्रै बनाई हार व्यहोर्न पुग्यो । साइग्लोबलका विद्या गुप्ताले सर्वाधिक ५६ रन बनाए पनि टिमलाई जित दिलाउस सकेनन् । त्यस्तै, अजय रसाइलीले ३० र सुरज यादवले १५ बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् । साइग्लोबललाई सस्तैमा रोक्ने क्रममा न्यू होराइजनका अमर मिश्राले ६ विकेट लिए भने प्रकाश गिरीले २ र विशाल भुसालले एक विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विधार्थी र खेलाडी बन्नेहरूका लागि यो प्रतियोगिता उत्प्रेरणााको स्रोत बताए । उनले खेलले आफ्नो ठाउँ, नाम र मुलसकलाई चिनाउन मद्दत गर्ने जनाए । ‘क्रिकेटको पवद्र्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण छ । क्रिकेट संघले धेरै खेलाडी जन्मायो । रुपन्देही र भैरहवालाई चिनायो । अब पनि धेरै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने । खेलको निष्ठा जागृत गर्न विद्यालयहरुले खेललाई प्राथमिकता दिनुपर्नेम उनले जोड दिए । ‘धेरै विद्यालयहरुले खेललाई प्राथमिकता दिएका छैनन् । अब दिनुपर्छ । निजी क्षेत्र सधै साथमा छ’, उनले भने । शर्माले खेलमा अनुशासन जरुरी रहेको जनाउँदै सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्र गरे ।

संघका अध्यक्ष हरिबहादुर थापाले अबका दिनमा पनि कुनै पनि विद्यालयसँग समन्वय गरेर यस्ता प्रतियोगिता आयोजना गरिरहने जनाए । ‘संघ सधैं क्रिकेटको विकासमा लागेको छ र लागिरहनेछ’, उनले भने, ‘खेलाडीका मर्म, इच्छा बुझ्ने कोसिस गर्नेछौं । धेरै खेलाडी उत्पादनमा लाग्नेछौं ।’ उनले विद्यालयस्तरका यस्ता खेलकुदले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले खेलाडीको जन्म विद्यालयबाटै हुने भएकाले विद्यालयस्तरीय प्रतियोगिता धेरै आयोजना गर्नुपर्नेमा जोड दिए । ‘रुपन्देही क्रिकेटको उर्भरभूमि हो । सफलतालाई अझै बढाउनुपर्छ । खेल राष्ट्रका लागि पनि महत्वपूर्ण हो । क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई आगामी दिनमा पक्कै चिनाउने छ, यसका लागि राम्रा खेलाडी उत्पादनमा लागौं’, उनले भने ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : १३ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको