२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु « Khabarhub

२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ ।

गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको समस्या झेल्दै विद्युत् उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

आयोजनाबाट ०७६ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारणलाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको हो । यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरे पनि बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ ।

आयोजनामा बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइप छ । रन अफ द रिभरमा आधारित उक्त आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार आठ सय ६९ युनिट बिजुली उत्पादन हुनेछ ।

नदीको बहावमा आधारित प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा लगेर पानी खसाल्नेछ । हाल आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारणलाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारणलाइनमा जोडिएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ०१ बजे

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले