मुलुक औद्योगिक वातावरण निर्माण गर्न आवश्यक : मन्त्री बडू | Khabarhub Khabarhub

मुलुक औद्योगिक वातावरण निर्माण गर्न आवश्यक : मन्त्री बडू


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । जापानको श्रमिक सङ्गठन जिलाफले नेपाल ट्रेड युनियन कांग्रेससँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘औद्योगिक सम्बन्ध सम्मेलन’मा उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

“उद्योग र श्रमिकका समस्या तथा कानुन कहाँकहाँ छन्, त्यसलाई पहिचान गरेर समाधानतर्फ सरकार लाग्नेछ”, उनले भने । उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको उल्लेख गर्नुभयो । सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको उनको भनाइ थियो । मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कममात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालको ट्रेड युनियन आन्दोलनमा लामो समय सहयोग पु¥याउँदै आएको जिलाफको सहयोगमा नेपालको नौ जिल्लामा विपन्न श्रमिकका बच्चालाई पढ्नका लागि विद्यालय निर्माण गरिदिनुका साथै शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ०५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित